इक्वेडरका राष्ट्रपति उम्मेदवारको गोली हानी हत्या

इक्वेडरमा आगामी राष्ट्रपतिको निर्वाचनमा उम्मेदवार रहेका एक जनाको गोली हानी हत्या गरिएको छ ।

हाल राष्ट्रिय सभाका सदस्य रहेका फर्नान्डो भिल्लाभिसेन्सियोलाई बुधबार उत्तरी शहर क्विटोमा कार्यक्रमबाट बाहिर निस्कँदा आक्रमण भएको थियो ।

उनको अभियान टोलीका एक सदस्यले विलाभिसेन्सियो कारमा चढ्दै गरेका बेला एक व्यक्तिले टाउकोमा गोली हानेको बताएका छन् । 

राष्ट्रपति गुइलेर्मो लासोले अपराधीलाई सजाय दिइने बताएका छन् । ५९ वर्षीय भिल्लाभिसेन्सियोलाई तीनपटक गोली लागेको प्रत्यक्षदर्शीले बताएका छन् ।

आक्रमणकारीलाई पनि सुरक्षाकर्मीले तत्कालै गोली हानेर मारेका विभिन्न अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार ८:३८:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया