युवा नै परिर्वतनको संवाहक : उपमेयर डंगोल

काठमाडौं महानगरपालिका उपमेयर सुनिता डङ्गोलले आदिवासी जनजातिका समस्या समाधानका लागि गम्भीर छलफल जरुरी रहेको बताएकी छन् । 

२५ औँ विश्व आदिवासी दिवस मूल समारोह समितिद्वारा आयोजित कार्यक्रममा उनले राजनीतिकरूपमा सबै समस्या समाधानका लागि आवश्यक छलफल गर्नुपर्ने बताइन् । 

‘राजनीतिकरूपमा पनि आदिवासी जनजातिलाई अग्रभागमा देख्न सक्नुपर्छ र सधैं आदिवासी जनजातिको विषयमा सम्बोधन गरिरहँदा सुझाव दिने मात्र होइन एउटै टेबलमा बसेर छलफल गर्ने वातावरण सिर्जना गर्नुपर्छ,’ उपमेयर डंगोलले भनिन् । 

सामाजिक र राजनीतिकरूपमा आदिवासीका समस्या समाधानका लागि प्रयास हुनुपर्ने बताएकी उनले युवा नै परिवर्तनको संवाहक भएको बताइन् । 

‘अब अग्रसर हुनुपर्छ । सामाजिक सांस्कृतिक र राजनीतिकरूपमा आर्थिकरूपमा हरेक क्षेत्रमा साँच्चिकै परिवर्तनको आवास गर्ने हो भने र जनजाति आदिवासी हक अधिकारको लागि कार्यक्रम सँगसँगै विश्वव्यापीरूपमा पर्वको रूपमा मनाउने हो भने र यथार्तरूपमा महत्व झल्काउ युवा परिवर्तनको संवाहक हो र हुनु पनि पर्छ,’ डंगोलले भनिन् ।





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १४:२३:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया