logo-img

सरकारविरुद्धको अविश्वासको प्रस्ताव, आगामी निर्वाचनका लागि भगवानको आशीर्वाद : भारतीय प्रधानमन्त्री मोदी
फाइल तस्बिर

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विपक्षी दलमाथि कटाक्ष गर्दै विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याउनु भगवानको आशीर्वाद भएको बताएका छन् । उनले सन् २०२४ को लोकसभा चुनावमा विगतका सबै रेकर्ड तोडेर एनडीए र भाजपाले भव्य विजय हासिल गर्ने दावी गरे । 

लोकसभामा अविश्वासको प्रस्तावमाथिको बहसको जवाफ दिँदै प्रधानमन्त्री मोदीले भने, ‘भारतीय जनताले हाम्रो सरकारमाथि पटक–पटक विश्वास देखाएका छन् ।  म यहाँ देशका करोडौं जनताप्रति कृतज्ञता व्यक्त गर्न आएको हुँ ।’
 
प्रधानमन्त्री मोदीले सन् २०१९ को लोकसभा चुनावअघि सन् २०१८ मा पनि विपक्षी दलले आफ्नो सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको स्मरण गरे । उनले भने, ‘परमेश्वर धेरै दयालु हुनुहुन्छ र कुनै माध्यमद्वारा बोल्नुहुन्छ । विपक्षले सरकारविरूद्ध अविश्वासको प्रस्ताव ल्याएको छ । यो भगवानको आशीर्वाद हो भन्ने मलाई विश्वास छ ।’ 

उनले विपक्षी गठबन्धनलाई सङ्केत गर्दै भने, ‘मैले सन् २०१८ मा अविश्वासको प्रस्तावको बेला भनेको थिएँ कि यो हाम्रो लागि परीक्षा होइन तर उनीहरूका लागि परीक्षा हो । अविश्वासको प्रस्ताव फलस्वरूप उनीहरू चुनावमा पराजित हुनुपरेको थियो ।’ 

प्रधानमन्त्री मोदीले विपक्षी दललाई आफूले विश्वासको मत परीक्षण भएको र सन् २०१८ को अविश्वासको प्रस्तावमा जति मत प्राप्त भएको थियो, त्यो पनि जुटाउन नसकेको दावी गरे । 

उनले भने, ‘एक किसिमले भन्ने हो भने विपक्षीको अविश्वास हाम्रो लागि सधैं भाग्यको बिषय बनेको छ । आज म देख्न सक्छु कि तपाईं (विपक्षी) ले निर्णय गर्नुभएको छ कि एनडीए र भाजपा विगतका सबै रेकर्डहरू तोड्दै, जनताको आशीर्वादका साथ २०२४ को चुनावमा ठूलो विजयका साथ फर्कनेछन् ।’

अविश्वासको प्रस्तावमाथि मंगलबारदेखि बहस सुरु भएको थियो । 





  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार १८:५५:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया