माग सम्बोधन नभएको भन्दै राखेप कर्मचारी आन्दोलित

राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीले आन्दोलन घोषणा गरेका छन् । 

राखेप कर्मचारी संघले बढुवालगायतका आफ्ना माग सम्बोधन नभएको भन्दै श्रावण २६ गते शुक्रबारका दिनदेखि प्रथम चरणका संघर्षका कार्यक्रम घोषणा गरेको हो ।

आज काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गर्दै राष्ट्रिय खेलकुद परिषद् कर्मचारी संघका अध्यक्ष सरस्वती केसीले जानकारी दिएकी हुन् । 

उनले कर्मचारी संघले खेलकुद मन्त्री, मन्त्रालयका सचिव, परिषद्का उपाध्यक्षलगायत परिषद्का सदस्य सचिवलाई तीन दिनको समयसीमा दिई ज्ञापन पत्र बुझाए पनि ज्ञापन पत्रको मागअनुसारको सकारात्मक सम्बोधन नआएकाले आन्दोलनमा उत्रिनु परेको जनाइन् । 

पत्रकार सम्मेलनमा केसीले विगत २७, २८ वर्षदेखि राष्ट्रिय खेलकुद परिषद्का कर्मचारीहरुको बढुवा नभएको र खेलाडीलाई सरकारले कदर गर्न नसकेको अवस्थामा खेलाडी विदेशिन बाध्य भएको भन्दै सरकारले यो क्षेत्रलाई प्राथमिकतामा नराखेको बताइन् । 

यस्ता छन्, संघर्षका कार्यक्रम



१) २०८० श्रावण २६ गते शुक्रबारका दिन बिहान १० बजे उपत्यकामा रहेका सम्पूर्ण कर्मचारीको भेला गराई कोण सभा कार्यक्रमको आयोजना गर्ने । 

२) २०८० श्रावण २८ देखि ३० गते सम्म कालो पट्टी बाँधी नियमित कार्यालयको काम गर्ने ।



३) २०८० श्रावण ३१ गते बुधबारका दिन कालो पट्टी बाँधी १ घण्टा, श्रावण ३२ गते बिहीबारका दिन र भाद्र १ गते विरोध जनाउने । 
 

  • प्रकाशित मिति : साउन २५, २०८० बिहीबार २०:३७:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया