सभामुखलाई राष्ट्रपतिले बोलाए शीतल निवास

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को जारी अवरोधका विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेलाई शीतल निवास बोलाएका छन् । 

बिहीबार प्रधानमन्त्री पुष्पकमल दाहाललाई शीतल निवास बोलाएर सोही विषयमा चासो राखेका राष्ट्रपति पौडेलले आज (शुक्रबार) बिहान १० बजे सभामुख घिमिरेलाई शीतल निवास बोलाएका हुन् । सभामुख घिमिरेसँग पनि राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालसँग जस्तै संसद्को जारी गतिरोध अन्त्यका विषयमा कुरा गर्ने छन् । 

राष्ट्रपति पौडेलले जनताको सर्वोच्च निकाय संसद् लामो समय अवरुद्ध हुँदा त्यसले जनतामा नकारात्मक सन्देश प्रवाह भएको प्रधानमन्त्रीसँगको भेटमा संसद् सुचारु गर्ने उपाय खोज्न आग्रह गरेका थिए । संक्रमणकालिन न्याय, शिक्षा ऐनका विषयमा राष्ट्रपतिले प्रधनमन्त्रीसाग चासो राख्दै तत्काल समाधानका लागि पहल लिन आग्रह गरेका थिए । सभामुखसँगको भेटमा पनि राष्ट्रपति पौडेलले संक्रमणकालिन न्यायका साथै शिक्षा ऐनका विषयमा कुरा गर्ने जनाइएको छ ।

एमालेले त्रिभुवन विमानस्थलबाट ठूलो मात्रामा सुन फेला परेको थियो । त्यसको छानबिन गर्न काउच्चस्तरीय समिति गठनको माग गर्दै प्रमुख प्रतिपक्षी एमालेले साउन १० गतेदेखि संघीय संसद्मा बैठक अवरुद्ध गर्दै आएको छ ।





  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार ९:१३:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया