पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर छ : मुख्यमन्त्री पाण्डे

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पूर्वाधार विकासमा प्रदेश सरकार गम्भीर भएर लागेको बताएका छन् । जिल्लाको ऋषिङ्गको–४ मधुवन र ५ रूपटार मधुवन जोड्ने ज्वाला खोलामा निर्मित पक्की पुलको आज उद्‍घाटन गर्दै उनले पूर्वाधार विकासमा प्रदेश सरकारले चासो दिएर काम गरिरहेको स्पष्ट पारे ।

कूल ३ करोड २१ लाख रुपैयाँको लागतमा २५ मिटर लम्बाइको पक्की पुल निर्माण हालै सम्पन्न गरिएको हो । ‘अहिले पुल उद्‍घाटन गर्न आएँ, छिट्टै यसै क्षेत्रमा सिँचाइ आयोजनाको पनि उद्‍घाटन पनि गर्न आउनेछु,’ उनले भने ।

गाउँमा विकास हुने तर बसाइसराइँका कारण गाउँ रित्तिँदै गएकोतर्फ मध्यनजर गर्दै नागरिकले औलो उठाउने किसिमले कुनै पनि विकास निर्माण नगरिने उनले बताए । सोही वडास्थित २ सय वर्ष पुरानो गढ्केश्वर महादेव मन्दिरलाई धार्मिक पर्यटकीयस्थलको रुपमा विकास गरिने उनले जानकारी दिए ।

नवलपुरको बुलिङ्गटार–६ र ऋषिङ्ग गाउँपालिका–५ को पिपलटार–अत्रौली जोड्ने पक्की मोटरेवल पुल बन्ने स्थलको निरीक्षण गर्दै प्रदेश सरकारले कठिनाइ अवस्थामा पनि रु ४२ करोड विनियोजन गरेको उनको भनाइ छ । सो अवसरमा मुख्यमन्त्री पाण्डेले ऋषिङ्ग–५ पिपलटारमा निर्माणाधीन औद्योगिक ग्रामको पनि अवलोकन गरेका थिए ।





  • प्रकाशित मिति : साउन २६, २०८० शुक्रबार २१:४१:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया