logo-img

ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन अस्थिर बन्यो : घनश्याम भुसाल

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले मुलुक नयाँ बाटोमा जाँदै गर्दा केपी शर्मा ओलीको हस्तक्षेपले अस्थिर भएको बताएका छन् । अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा आयोजित शुभकामना आदानप्रदान एवं कोनेप सन्देश युवा विशेषाङ्क विमोचन कार्यक्रममा महासचिव भुसालले ओलीको हस्तक्षेपपछि मुलुकको राष्ट्रिय राजनीति र बाम आन्दोलन सबै अस्थिर भएको बताए । 

उनले भने, ‘हामी नयाँ बाटो तर्फ जाँदै गर्दा, त्यो बाटोमा ओलीले हस्तक्षेप गरेपछि हाम्रो मुलुकको राष्ट्रिय राजनीति, वाम आन्दोलन सबै अस्थिर भएको छ । त्यसले गर्दा ५ वर्ष गुमाएका छौ त्यो मुलुक र युवाहरूले गुमाएको समय हो । ’ 

महासचिव भुसालले देशको मुख्य समस्या बेरोजगारी भएको र देशको मुख्य आवश्यकता रोजगारी भएको पनि बताए । उनले भने, ‘कुनै देशमा उत्पादन बढेको छैन भने त्यहाँ युवाहरूमा रोजगारी छैन, मुलुक बन्दै गर्दा पनि त्यहाँ युवाहरू हुन्छ, विग्रिँदै गर्दा पनि युवाहरू हुन्छ । यस अर्थमा देशको मुख्य आवश्यकता र समस्या के हो भने बेरोजगारी समस्या रोजगारी यसको आवश्यकता हो । हामीले राजनीतिक खुट्टा टेकेर उठ्न सकेनौ भने यो मुलुकमा रोजगारीको व्यवस्था हुँदैन । ’ 

अहिलेको राजनीतिलाई वामपन्थी कोणबाट समेट्दै लिनु पर्ने बताउँदै महासचिव भुसालले ८ महिना भित्रमा नेपाललाई कसरी अगाडि बढाउने भन्ने विषय आफ्नो ऐजण्डा सार्वजनिक गर्ने र राजनीति स्थापित गर्ने दृढता व्यक्त गरे । उनले अहिले एमाले ओलीसँग पलपलमा हारिरहेको जिकिर पनि गरे ।


उनले भने, ‘नेकपा एमाले हरेक पक्षको लडाइँमा ओलीसँग हारिरहेको छ । अहिले ओलीले एमालेको कपाल समाएर संसद्मा हल्लाई रहेका छन् । ओलीले गरेको काम मुलुकको राजनीतिका लागि राम्रो होइन ।’ 

ओलीको पकडबाट नछुटेसम्म एमालेले मुलुकको लागि एजेण्डा लिएर मुलुकको लागि केही गर्छ भन्ने नसोचे पनि हुने उनको दाबी छ । 





  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार १४:२७:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया