logo-img

मन्त्रिपरिषद् पुनर्गठनको तयारी, माओवादीबाट कसलाई हटाउँदै छन् प्रधानमन्त्री ?

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका छन् । जनमत पार्टीलाई सरकारमा सहभागी गराउन उनले मन्त्रिपरिषद् पुनर्गठनको तयारी गरेका हुन् । 

संविधानतः मन्त्रिपरिषद् २५ सदस्यीयभन्दा ठूलो बनाउन पाइँदैन । त्यसैले प्रधानमन्त्रीले आफ्नै पार्टीका एक मन्त्रीलाई हटाएर जनमत पार्टीबाट मन्त्री बनाउने तयारी गरेका छन् । 

जनमतले यसअघि नै अनिता देवी साहलाई मन्त्रीका लागि सिफारिस गरेको थियो । प्रधानमन्त्रीपत्नी सीत दाहालको निधनका कारण मन्त्रिपरिषद् पुनर्गठन रोकिएको थियो । 

प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेलले पनि केही दिनमै मन्त्रिपरिषद् पुनर्गठन हुने बताएका छन् । प्रधानमन्त्री दाहाल अहिले चितवनमा रहेको र उनी फर्किएपछि सम्भवतः आइतबार नै मन्त्रिपरिषद् पुनर्गठन हुने उनले बताए । 

तर, माओवादीले कसरलाई मन्त्रीबाट हटाउला भन्ने आमचासोको विषय छ । सो पार्टीले कसलाई हटाउने भन्नबारे केही खुलाएको छैन । राजनीतिकवृत्तमा भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदी र पर्यटन तथा नागरिक उडड्यनमन्त्री सुदन किरातीमध्ये एकजना हट्ने चर्चा छ । 


माओवादीकै नेताहरूले पनि संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री मोदीलाई फिर्ता गराउने सम्भावना धेरै रहेको बताउँदै आएका छन् । तर, पर्यटनमन्त्री किराती पनि सुरक्षित नरहेको बताइएको छ । आफनै पार्टीका नेताको आलोचनामा उत्रिएको भन्दै प्रधानमन्त्री दाहाल उनीसँग असन्तुष्ट छन् ।



मोदीको कार्यसम्पादनमा प्रश्न उठेको र किरातीले कामभन्दा बढी  ‘स्टन्ट’ देखाएको भन्दै माओवादीभित्र उनीहरुको आलोचना हुने गरेको छ । 



  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार १६:५०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया