झिनो बहुमतले स्थायित्व दिन सक्दैन, सबै दल मिल्न जरुरी छ : मुख्यमन्त्री थापा

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले दलहरू मिलेर प्रदेश चलाउनुको विकल्प नरहेको बताएका छन् । झापाको कन्काई नगरपालिकास्थित कन्काई बहुमुखी क्याम्पस सुरुंगाको १४औँ क्याम्पस  सभाको उद्घाटन गर्दै उनले कोशी प्रदेशमा सरकारको स्थायित्व र विकासका लागि दलीय सहमति आवश्यक रहेको औँल्याएका हुन् । 

‘अब कोशी प्रदेशमा दलहरू मिल्नुको विकल्प छैन, यो कुरा सबै दलहरूले बुझ्नुभएको छ,’ मुख्यमन्त्री थापाले भने, ‘हामीहरूबीच भएको गठबन्धन पनि झिनो बहुमतको छ, यो झिनो बहुमतले सरकारलाई स्थायित्व दिन सक्दैन । तसर्थ सबै दल मिल्न जरुरी छ ।’ 

मुख्यमन्त्री थापाले यो गठबन्धनको झिनो बहुमतले सरकारको प्रगति र समृद्धिलाई पूर्णता दिन नसक्ने बताउँदै सरकारको स्थायित्वका लागि दलहरूबीच सहमति, सहकार्य र एकता अनिवार्य रहेको बताए । 

सरकार अब सबै दलहरूबीचमा सहमति, सहकार्य र एकता गरेर अघि बढ्ने उनले स्पष्ट पारे । 





  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार १९:२८:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया