logo-img

संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थाले : अध्यक्ष यादव

जनता समाजवादी पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले संघीयता विरोधी शक्तिहरू फेरि पनि मुलुकमा सल्बलाउन थालेको आरोप लगाएका छन् । 

बाराको कलैयामा पार्टीले आयोजना गरेको विस्तारित बैठकलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्रीसमेत रहेका यादवले संघीयताका लागि पहलकदमी गर्ने पार्टी खासगरी तत्कालीन मधेसी जनअधिकार फोरम र हाल जनता समाजवादी पार्टीलाई कमजोर पारी मुलुकबाट संघीयता नै समाप्त पार्ने खेल भइरहेको टिप्पणी गरे । 

राज्यबाट आन्दोलनको क्रममा भएका सबैखाले घटना, राजनीतिक मुद्दा फिर्ता लिइसकेको विषयलाई उजागार गरी आफू र जनता समाजवादी पार्टीलाई लक्षित गरी गौर घटना पुनः कोट्याएको उनले आरोप लगाए । 

तराई मधेसमा ५३ प्रतिशत मधेसी समुदायको संख्या रहे पनि वर्तमान सरकारले १३ प्रतिशत मात्र बजेट दिएर मधेसप्रति अन्याय गरेको भन्दै अध्यक्ष यादवले अधिकारका लागि सबै मधेसी जनता एकजुट हुनुपर्नेमा जोड दिए । 

अध्यक्ष यादवले पार्टीलाई मजबुत बनाई नयाँ शिराबाट अगाडि बढाउन टोल–टोलमा संगठन विस्तारको काममा जुट्न नेता एवं कार्यकर्तालाई निर्देशन दिए । 

पार्टीका जिल्ला अध्यक्ष रामबाबु यादवको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा मधेस प्रदेशका अध्यक्ष रामबाबुकुमार यादव, राजनीतिक समितिका सदस्य, प्रदेशका पदाधिकारी, जिल्लास्तरीय, क्षेत्रस्तरीय नेताको सहभागिता थियो ।





  • प्रकाशित मिति : साउन २७, २०८० शनिबार २३:१३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया