logo-img

चेल्सीसँग बराबरीमा रोकियो लिभरपुल

इंग्लिस प्रिमियर लिग २०२३/२४ को आफ्नो पहिलो खेलमा लिभरपुल र चेल्सीले १–१ को बराबरी खेल्दै अंक बाँडेका छन् । 

आइतबार चेल्सीको घरेलु मैदान स्टाम्फोर्ड ब्रिजमा सम्पन्न खेलमा लिभरपुलका लुइस डियाजले गोल गर्दै पाहुना टिमलाई अग्रता दिलाएका थिए । तर, ३७औँ मिनेटमा एक्सेल डिसासीले गोल गर्दै चेल्सीलाई खेलमा फर्काएका थिए । यसपछि दुवै टिमले गोल गर्न नसक्दा अंक बाँडे । 

पहिलो खेलमा अंक बाँडेका चेल्सी र लिभरपुल समान एक अंकसहित क्रमशःतालिकाको १०औँ र ११औँ स्थानमा छन् ।

आइतबार नै भएको अर्को खेलमा टोटनहमले पनि ब्रेन्टफोर्डसँग २–२ को बराबरी खेल्दै अंक बाँडे । ब्रेन्टफोर्डको मैदान जीटेक कम्युनिटी रंगशालामा भएको खेलमा क्रिस्टियन रोमेरोले ११औँ मिनेटमा गरेको गोलबाट टोटनहमले अग्रता बनाएको थियो । 

२६औँ मिनेटमा ब्रायन एम्बेउमोले पेनाल्टी सदुपयोग गर्दै ब्रेन्टफोर्डलाई खेलमा फर्काएका थिए । ३६औँ मिनेटमा योएने विसाको गोलमा ब्रेन्टफोर्डले पाहुना टिमविरुद्ध २–१ को अग्रता बनाएको थियो । तर, यो अग्रता लामो समय भने टिक्न सकेन । 

पहिलो हाफको इन्जुरी समयमा एमेरसन रोयलले गरेको गोलबाट टोटनहम खेलमा फर्किएको थियो । यसपछि थपगोल हुननसक्दा ब्रेन्टफोर्ड र टोटनहमले अंक बाँडे ।



पहिलो खेलमै बराबरीमा रोकिएका ब्रेन्टफोर्ड सातौं र टोटनहम आठौं स्थानमा छन् । 



  • प्रकाशित मिति : साउन २९, २०८० साेमबार ८:५५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया