logo-img

उत्तरी म्यानमारमा पहिरो : दुईको मृत्यु, ३० जनाभन्दा बढी बेपत्ता

उत्तरी म्यानमारको काचिन राज्यमा आइतबार गएको जेड खानीको पहिरोमा परी दुई जनाको मृत्यु भएको छ ।  

पहिरोमा अन्य ३० जनाभन्दा बढी बेपत्ता भएको स्थानीय प्रहरीले सोमबार साँझ बनाएका हुन् । पहिरो आइतबार स्थानीय समयअनुसार दिउँसो ३ बजेतिर गएको काचिन राज्यको हपाकान्त टाउनसिपको माना गाउँ नजिकैको जेड खानीमा रहेको हपाकान्त टाउनसिपका एक प्रहरी अधिकृतले बताए ।  

ती प्रहरी अधिकृतले भने, ‘अहिलेसम्म दुई जनाको शव निकालिएको छ, अन्य बेपत्ता छन् । करिब ८ जना घाइते हुनुहुन्छ ।’

काचिन राज्यको हापाकान्त खानी क्षेत्रमा बेलाबेला पहिरो जाने गर्दछ । यसअघि जुलाई २०२० मा हपाकान्त क्षेत्रमा गएको पहिरोका कारण १७४ जनाको मृत्यु र ५४ जना घाइते भएका थिए ।   
 





  • प्रकाशित मिति : साउन ३०, २०८० मंगलबार १०:३२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया