logo-img

भारतीय कारले ठक्कर दिँदा वृद्धको मृत्यु
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङी सडकखण्डमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ ।

विआर ११ एपी ४१४१ नम्बर प्लेटको भारतीय सवारीसाधनले ठक्कर दिँदा मे ७ प ४६४४ नम्बरको मोटरसाइकलमा सवार कमल–४ का ६८ वर्षीय शान्तिराम खनालको मृत्यु भएको हो । 

मंगलबार साँझ ७ बजे अत्यधिक गतिमा आएको भारतीय कारले मोटरसाइकललाई ठक्कर दिँदा खनाल गम्भीर घाइते भएका थिए । उपचारका लागि दमकस्थित लाइफलाइन अस्पताल ल्याउँदै गर्दा उनको मृत्यु भएको इलाका प्रहरी कार्यालय दमकका प्रमुख मनोकुमार लामा जानकारी दिए ।

ठक्कर दिने सवारी साधनसहित चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : साउन ३१, २०८० बुधबार १०:२४:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया