logo-img

कर्णाली प्रदेश : निजामती सेवासम्बन्धी विधेयक संसद्मा पेस

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कर्णाली प्रदेशको निजामती सेवासम्बन्धी व्यवस्था गर्न बनेको विधेयक संसद्मा पेस भएको छ । प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुनमन्त्री कृष्णबहादुर जिसीले आज बसेको  प्रदेशसभा बैठकमा विधेयक पेस गरेका हुन् । 

प्रदेशको निजामती सेवालाई सक्षम, सुदृढ, सेवामूलक र उत्तरदायी बनाउन निजामती सेवाको गठन सञ्चालन र सेवाका शर्त सम्बन्धमा कानुनी व्यवस्था गर्न आवश्यक रहेको मन्त्री जिसीले बताए । ‘कर्णाली प्रदेश निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ नामकरण गरिएको छ ।

यसैबीच, कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले सबैले आफ्नो ठाउँबाट जिम्मेवारी पूरा गर्नुपर्ने बताए । सरकारको तर्फबाट संसद्मा आफ्ना धारणा राख्दै उनले समाज रुपान्तरणका लागि सबैले आ–आफ्नो जिम्मेवारी पूरा गर्नुपर्नेमा जोड दिए । 

प्रदेशमा विपद्का घटना भइरहेको भन्दै उनले सम्भावित घटना हुन नदिन विपद्मा विभिन्न कदम चालिएको बताए । विपद् व्यवस्थापन समितिको बैठक बसेर विभिन्न निर्णय गरेका छौँ । उनले भने, ‘हाम्रो क्षमता र जनशक्तिलाई जतिसक्यो परिचालन गरी विपद्बाट हुनसक्ने घटना न्यूनीकरण गर्न सरकार प्रतिबद्ध छ । हामीले स्थानीय सरकारसँग समेत सहकार्य गरेर अगाडि बढ्ने भनेका छौँ ।’

मुख्यमन्त्री शर्माले सुर्खेत विमानस्थल वरपरको डुबान हुन नदिन तत्काल पहल लिइँदै आएको बताउँदै विमानस्थल धावनमार्ग विस्तार गर्नसमेत पहल भइरहेको बताए । ‘सुर्खेत विमानस्थल वरपर डुबान भइरहेको हामीलाई जानकारी छ । त्यसको समाधानका लागि हामी तत्काल पहल गर्छौं । विमानस्थलको स्तरोन्नतिका लागि संघीय सरकारसँग पनि पहल भइरहेको छ,’ उनले भने । 

यसअघि स्थानीयको विरोधका कारण विमानस्थल विस्तारको निर्णयबाट सरकार पछि हटेको थियो ।





  • प्रकाशित मिति : साउन ३२, २०८० बिहीबार २३:७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया