logo-img

२१ दशमलव २ प्रतिशतले बढ्यो रेमिट्यान्स

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

गत आर्थिक वर्ष २०७९/८० मा विप्रेषण आप्रवाह १२ खर्ब २० अर्ब ५६ करोड रुपैयाँ पुगेको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको गत आवको वार्षिक तथ्याङ्कमा आधारित देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत आवमा विप्रेषण आप्रवाह २१ दशमलव २ प्रतिशतले बढेको हो  ।   

अघिल्लो वर्ष विप्रेषण आप्रवाह ४ दशमलव ८ प्रतिशतले बढेको थियो । केन्द्रीय बैंकका अनुसार अमेरिकी डलरमा विप्रेषण आप्रवाह १२ दशमलव एक प्रतिशतले वृद्धि भई ९ अर्ब ३३ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह दुई दशमलव दुई प्रतिशतले बढेको थियो । 

त्यस्तै, समीक्षा वर्षमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या ४० दशमलव तीन प्रतिशतले बढेर ४ लाख ९७ हजार सात सय चार पुगेको छ । अघिल्लो वर्ष यस्तो सङ्ख्या ३ सय ९२ प्रतिशतले बढेको थियो ।  

त्यसैगरी, वैदेशिक रोजगारीका लागि पुनः श्रम स्वीकृति लिने नेपालीको सङ्ख्या समीक्षा वर्षमा एक दशमलव आठ प्रतिशतले कमी आई २ लाख ७७ हजार २ सय ७२ पुगेको छ । अघिल्लो वर्ष यस्तो संख्या १ सय ९८ दशमलव पाँच प्रतिशतले बढेको थियो ।   





  • प्रकाशित मिति : भदौ १, २०८० शुक्रबार १७:२६:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया