logo-img

तरकारी र फलफूलको मूल्यमा सामान्य घटबढ

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज शनिबारका लागि फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, बजारमा आज नेपाली ठूलो गोलभेँडाको न्युनतम मूल्य १० रुपैयाँले बढेर प्रतिकेजी १४० रुपैयाँ तोकिएको छ । लोकल सानो गोलभेँडा ७३ रुपैयाँ प्रतिकेजी रहेको छ । यस्तै रातो आलुको मूल्य स्थिर ५० रुपैयाँ र भारतीय सुकेको प्याज प्रतिकेजी ६० रुपैयाँ रहेको छ । आज स्थानीय काउलीको मूल्य भने ३० रुपैयाँले घटेर प्रतिकेजी ७० रुपैयाँ पुगेको छ । 

त्यस्तै, कन्य च्याउको मूल्य प्रतिकेजी १६० रुपैयाँ रहेको छ । डल्ले च्याउको मूल्य ३५० रुपैयाँमा विक्रि भएको छ । गाजरको मूल्य भने स्थिर नै रहेर प्रतिकेजी ११० रुपैयाँमा विक्रि भईरहेको छ । घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०, मकै बोडी ८०, भटमासकोशा ९० रुपैयाँ तोकिएको छ । तितो करेला ६०, लौका ७०, परवल ७०, घिरौला ५०, फर्सी पाकेको ५०, काँक्रो लोकल ६०, भिण्डि ८०, स्कूस ६०, प्याज हरियो १२०, रायो साग १४०, कुरीलो ५५० रुपैयाँ प्रतिकेजीमा खरीद बिक्री भइरहेको छ । 

त्यस्तै, केरा दर्जनको १३० रुपैयाँ तोकिएको छ भने फूजी स्याउको मूल्य हिजोको तुलनामा स्थिर प्रतिकेजी ३५० नै कायम छ । कागती १६०, अनार प्रतिकेजी २८० रुपैयाँ न्यूनतम मूल्य तोकिएको छ । साथै, तरबुजा हरियो ७०, मौसम १४०, कालो अंगुर ४०० र नासपाति लोकल ७० रुपैयाँ प्रतिकेजी न्युनतम मूल्य तोकिएको छ ।  





  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार ८:७:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया