logo-img

जथाभाबी डोजर चलाउँदा मुगुका १५० बस्ती पहिरोको उच्च जोखिममा [तस्बिरहरू]

पछिल्लो समयमा विकास निर्माणको क्रममा जथाभाबी डोजर चलाउने प्रवृत्ति बढ्दो छ । भूगोलको अवस्था, वातावरण र माटोको परीक्षण समेत नगरी धमाधम सडक निर्माण गर्दा गाउँघरमा धेरै ठाउँहरूमा जोखिम बढ्दो छ । जसको कारण मुगु जिल्लामा रहेका १ सय ५० भन्दा बढी बस्तीहरू पहिरोको उच्च जोखिममा परेका छन् ।

एक नगरपालिका र ३ गाउँपालिकामा रहेको मुगुमा २ सय भन्दा बढी बस्तीहरू मध्य १ सय ५० बस्ती पहिरोको उच्च जोखिममा रहेका छन् । यी उच्च जोखिममा रहेका बस्तीमा बस्दै आएका हजारौँ नागरिकहरू पहिरोको जोखिम मोलेर जीवन बिताउन बाध्य छन् ।

गत वर्ष असोज १९ गतेदेखि २४ गतेसम्म आएको ठूलो बाढीले पहिरो घर, धनजन, अन्नसमेत बगाएर लगेपछि घरबार विहीनहरू त्रिपाल मुनि खुल्ला चौरमा बस्दै आएका छन् । खुला चौरमा बस्दै आएका छायानाथ रारा नगरपालिका वडा नम्बर ८ झ्यारी गाँउका जैमती रावलले भनिन, ‘आकाशमा बादल लाग्दा राति निन्द्रा लाग्दैन, स्थानीय र अन्य कुनै पनि सरकारले राहत लगायत अन्य कुनै पनि सेवा दिएको छैनन् । गाउँमा बसौँ भने गाउँनै पहिरोको जोखिममा छ ।’

बाढी पहिरोले छायानाथ रारा नगरपालिका दर्जनौं बस्ती लगायत जिल्ला भरिका धेरै बस्तीहरू पहिरोको उच्च जोखिममा छन् ।  जोखिम बस्तीमा हजारौँ नागरिकहरू ज्यान धरापमा राखेर जीवन जिउन बाध्य छन् । स्थानीय वडा,गाउँपालिका, नगरपालिकामा आएको बजेटले उच्च जोखिममा रहेका बस्तीहरूमा विकास निर्माणको कार्य गर्न नसक्ने हुँदा संघीय र प्रदेश सरकारले समयमा जोखिमका बस्तीहरूको सुधारको लागि ध्यान पुर्‍याउनु पर्ने छायानाथ रारा नगरपालिका वडा नम्बर ५का वडाध्यक्ष राजु सुनारले बताए ।



मुगु जिल्लाका भूगोल अन्य जिल्ला भन्दा निकै फरक प्रकृतिको छ । बालुवा ,गिट्टी, बलौटे माटो रहेको धेरै भिरालो जमिन भएको हुँदा सामान्य आकासे पानी आउँदा बाढी पहिरो आउने सम्भावना हुन्छ । गत वर्ष आएको बाढी पहिरोले पारेको असर यसैको उदाहरण हो ।

मुगु जिल्ला भरी पहिरोको यस्तै उच्च जोखिममा रहेका १ सय ५० भन्दा बढी बस्ती छन् । पहिरो रोकथामका लागि जिल्लामा रहेका सरोकारवाला निकायहरू समयमा लाग्न आवश्यक भएको प्रमुख जिल्ला अधिकारी तथा जिल्ला दैविक प्रकोप उदार समितिका अध्यक्ष मोहनबहादुर थापा बताउँछन् । 



 

  • प्रकाशित मिति : भदौ २, २०८० शनिबार १४:४७:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया