गर्मीले इटालीको कृषिमा ६ बिलियन युरो नोक्सान हुने अनुमान

इटलीको मुख्य कृषि संघ कोल्डिरेटीले यस वर्ष इटालीमा अत्यधिक गर्मीका कारण ६ बिलियन युरो (६.५ बिलियन अमेरिकी डलर) को नोक्सान हुने अनुमान गरेको छ ।  

यो इटलीको इतिहासमै कृषि क्षेत्रको लागि कालो वर्षको रूपमा रहने उनीहरूको भनाइ छ । रिपोर्टका अनुसार इटालीले यस वर्ष हालसम्म ११ वटा मौसमजन्य विपद्का घटनाको सामना गरेको छ । जसमा असिना, आँधी, तुफान, बाढी र आँधीबेहरीका साथै गर्मी लामो समयसम्म रहने समस्या छन् । 

इटालीमा इतिहासमै तेस्रो धेरै बढी गर्मी भएको वर्ष हो । यस वर्षको तापक्रम औसतभन्दा ०.७६ डिग्री सेल्सियसले बढी छ । जुलाईमा यस वर्षकै सबैभन्दा धेरै गर्मी सामान्यभन्दा १.९६ डिग्री सेल्सियस रेकर्ड कायम भएको थियो । तर, यस वर्षको तापक्रम हालसम्म २०२२ को तुलनामा कम रहेको बताइएको छ । 

सन् २०२२ इटालीका लागि इतिहासमै सबैभन्दा बढी गर्मी भएको वर्ष हो । इटालीमा २०१४ यताका साथ वर्ष सबैभन्दा बढी गर्मी छ । तातो मौसमका कारण कृषि क्षेत्रमा असर पर्ने अनुमान छ । इटालीमा यस वर्ष तातो मौसमका कारण गहुँ उत्पादनमा १०, अंगुरमा १४, नास्पातीमा ६३ प्रतिशत र महमा ७० प्रतिशत गिरावट आउने बताइएको छ । सोमबारबाट मध्य र दक्षिण इटालीमा गर्मीको अर्को लहर सुरु हुने अनुमान छ । 

ती क्षेत्रमा गत साताको भन्दा ३ देखि ४ डिग्री सेल्सियसले तापक्रम बढ्ने अनुमान छ । मध्य र दक्षिण इटलीका धेरै भागहरूमा आगामी दिनहरूमा उच्च तापक्रम ४० डिग्री सेल्सियससम्म पुग्ने अनुमान छ । 





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार ११:५५:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया