logo-img

संसद् अवरोध हटाउन सिंहदरबारमा सर्वदलीय बैठक जारी

संसद्को अवरोध हटाउने विषयमा सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सर्वदलीय बैठक जारी छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको आव्हानमा बसेको बैठकमा संसद्‍मा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले गर्दै आएको अवरोधको अन्त्य गर्ने विषयमा छलफल भइरहेको हो ।  

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको माग गर्दै एमालेले १० साउनदेखि संसद् अवरुद्ध गर्दै आएको छ । त्यसयता संसद्का दुवै सदन चल्न सकेका छैनन् ।

आइतबारको सर्वदलीय बैठकपछि एउटा सहमतिको बिन्दुमा पुग्ने र संसद सुचारु हुने प्रधानमन्त्री दाहालको दाबी छ । प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठकमा संसद्‍मा राष्ट्रिय दलको मान्यताप्राप्त दलका नेताहरू सहभागी छन् ।  

यसअघि सभामुख देवराज घिमिरेले पनि प्रमुख सचेतकहरूसँग संसद्को गतिरोध अन्त्य गर्नेबारे छलफल गरेका थिए । यद्यपि सो छलफल बिनानिष्कर्ष सकिएको छ । 





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार १४:१४:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया