logo-img

सिआइबी सही ढंगले अगाडि बढेको छ : रवि लामिछाने

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सदन खुलाउन बोलाएको छलफल पनि विना निष्कर्ष सकिएको छ । प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसहित विभिन्न दलका शीर्ष नेता सहभागि बैठकमा संसद खोल्ने विषयमा छलफल भए पनि निष्कर्ष विहीन भएको रास्वपा सभापति रवि लामिछानेले बताए ।

प्रधानमन्त्रीले समाधानको उपाय खोज्न राष्ट्रिय मान्यता प्राप्त दलका नेतासँगको बैठकमा भोलि थप छलफलमा जुट्ने सहमति भएको उनको भनाई छ । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले सदन खुलाउनुपर्छ भन्नेमा सबै दल सहमत रहेको दाबी गरेका उनले भने, ‘भोलि बस्ने बैठकले यसलाई टुङग्याउछ र सदन चल्छ । सिआइबी सही ढंगले अगाडि बढेको छ । र सिआइबीले सहि ढंगले काम गर्छ भन्ने विश्वास गृहमन्त्रीले दिलाउनु भएको छ । भोलिको बैठकले के गर्ने भन्ने तय हुन्छ । ’

आजको बैठकमा एमालेले समितिको अडान राखेको थियो भने  गृहमन्त्रीले सीआइबीले अनुसन्धान गरि रहेकाले अर्को समिति बनाउँदा छानबिन प्रभावित हुनसक्ने बताएको लामिछानेले जानकारी दिए । अब १५ दिन मात्रै बाँकी रहेकाले गृहमन्त्रीले मागेको समयभित्र सहमति जुटाउने प्रयास भइरहेको उनको भनाइ छ ।

एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको माग गर्दै गएको साउन  १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।  





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार १५:२४:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया