logo-img

नौ महिनाकी बालिका र दुई वर्षका बालकलाई बोरामा राखेर भारततर्फ लैजाँदै गर्दा उद्धार

सशस्त्र प्रहरीले बोरामा राखेर भारततर्फ लैजाँदै गरेको अवस्थामा दुई बालबालिकाको उद्धार गरेको छ । बाराको सीमा क्षेत्रबाट आइतबार प्रहरी टोलीले दुई बालबालिकालाई उद्धार गरेको हो । 

बारा देवताल गाउँपालिका ३ नन्की अमुवा बस्ने शिवपुजन महतोकी नौ महिनाकी छोरी लक्ष्मी महतो र स्थानीय प्रेमचन्द्र महतोका दुई वर्षीय छोरा सत्यमकुमार महतोलाई प्रहरीले उद्धार गरेको हो । 

भारत बिहारस्थित आधापुर बस्ने २२ वर्षीय ताबरेज आलम बालबालिकालाई लैजाँदै गरेको अवस्थामा पक्राउ परेका छन् । भारत लैजाँदै गरेका बालबालिका रोएको आवाज सुनेपछि सशस्त्र प्रहरीको टोलीले चेकजाँच गरी बोरा खोलेर हेर्दा बालबालिका फेला परेका हुन् । 

सशस्त्र प्रहरी बिओपी दक्षिण झिट्कैयाबाट मिलन श्रेष्ठको कमान्डमा खटिएको टोलीले  बच्चालाई उद्धार गरेको हो । उद्धार गरिएका बालबालिका अभिभावकको जिम्मा लगाइएको छ । 

चोरी गर्ने व्यक्तिलाई आवश्यक कारबाहीका लागि प्रहरी चौकी देवापुर बारामा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : भदौ ३, २०८० आइतबार २३:७:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया