logo-img

माओवादीले कर्णालीमा तोक्यो जिल्ला र पालिका इञ्चार्ज [सूचीसहित]
फाइल तस्बिर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (माओवादी केन्द्र)ले कर्णाली प्रदेशमा केन्द्रीय सदस्यहरूको कार्य विभाजनलाई अन्तिम रूप दिएको छ । 

साउन ३० गते प्रदेश इन्चार्ज मातृका यादवको नेतृत्वमा बसेको बैठकले कर्णाली प्रदेशको १० जिल्ला र पालिका इञ्चार्जहरूको कार्य विभाजनलाई टुंगो लगाएको हो । 

१० वटा जिल्लामध्येमा हुम्लाको इन्चार्ज झकबहादुर मल्ल, जुम्लाको छिमी लामा, मुगुको गोमा गौतम कुँवर, कालिकोटको टेकबहादुर बस्नेत,दैलेखमा गोपाल शर्मा, सुर्खेतमा पूर्वमुख्यमन्त्रीसमेत रहेका महेन्द्रबहादुर शाही इञ्चार्ज रहेका छन् । 

त्यस्तै जाजरकोटमा बसन्त शर्मा, रुकुममा गगन खड्का,सल्यानमा नरेश भण्डारी, र डोल्पामा नरबहादुर विष्ट इन्चार्ज तोकिएका छन् । माओवादी केन्द्रको साउन (१७–२१)सम्म बसेको केन्द्रीय समितिको निर्णय बमोजिम अन्तर जिल्ला हेर्ने गरी केन्द्रीय सदस्यहरूको जिम्मेवारी हेरफेर गरिएको हो । 

कर्णालीमा माओवादीले प्रदेशभित्रका सबै नगरपालिका र गाउँपालिका हेर्ने गरी जिम्मेवारीसमेत तोकेको छ ।  





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार ११:४५:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया