logo-img

प्रदीप गिरि स्वयं मार्क्सवादी हुनुहुन्थ्यो : घनश्याम भुसाल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले प्रदीप गिरिको निधनले देशले सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने बौद्धिक क्षमतालाई गुमाएको बताएका छन् ।
 
सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा नेता भुसालले गिरी सबैभन्दा बौद्धिक क्षमता भएको नेतामा पर्ने बताए । उनले भने,‘सिद्धान्त र इतिहासमा कमाण्ड गर्ने सानोतिनो कुरा होइन, त्यो मान्छे हो, हामीले गुमाएको । नेपालको छोरो सबैभन्दा बौद्धिक क्षमता भएको मानिस हो उहाँ ।’

महासचिव भुसालले गिरि आफू स्वयं माक्र्सवादी भएकाले माक्र्सवादमा देखिएका समस्याको समाधानको लागि भौँतारिइरहने गरेको टिप्पणी गरे । उनमा श्रमजीवीका प्रति निस्वार्थ प्रतिबद्धताबाहेक अरू केही नभएको पनि भुसालले बताए । 
 





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १६:१:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया