logo-img

यो संविधानमा सबैको विमति छ, परिवर्तन गर्न आवश्यक छ : उपेन्द्र यादव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले अहिलेको संविधानमा सबैको विमति रहेको भन्दै यसको परिवर्तन आवश्यक रहेको बताएका छन् । 

सोमबार काठमाडौंमा आयोजित नेता स्व. प्रदीप गिरिको प्रथम स्मृति दिवसमा आयोजित संवाद कार्यक्रममा अध्यक्ष यादवले संविधानमा प्रदीप गिरिको पनि विमति रहेकोले यसको परिवर्तन आवश्यक रहेको बताएका हुन् । 

यो संविधानले आन्तरिम संविधानमा जनताले प्राप्त गरेको अधिकार समेतलाई पनि सम्बोधन गर्न नसकेको उनले बताए । गिरिले समेत विमति प्रकट गरेको यो संविधानको परितर्वन अहिले सबैले महसुस गरेको यादवको दाबी छ । 

उनले भने,‘यो संविधानले समानुपातिक समावेशिता, सही मानेको संघीयता, निर्वाचन, गणतन्त्रका बलिया आधार प्रणालीजस्ता महत्वपूर्ण पक्षमा गिरिको विमति थियो । त्यसैले यसको परिवर्तन आज सबैले महसुस गरेका छन् । संविधान निर्माणमा धेरै त्रुटि भएका छन् । जसले गर्दा अहिले पनि अप्ठ्यारोमा छ ।’

अध्यक्ष यादवले सबैले मधेसी आदिवासी जनजाति, दलित महिला सबै पीडितको संघर्षमा शान्ति प्रक्रियालाई बिथोल्न आएका भने तापनि गिरि एक्लैले मुक्तिको आन्दोलन हो सबैले साथ दिनुपर्छ भनेर वकालत गरेको स्मरण गरे । 

गिरिले समाजवादलाई  सामाजिक राजनीतिक र सांस्कृतिक धरातलमा उभिएर  विश्लेषण गरेको पनि बताए । 





  • प्रकाशित मिति : भदौ ४, २०८० साेमबार १६:३२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया