logo-img

प्रधानन्यायाधीशको शपथका कारण सर्वदलीय बैठक भोलिलाई सर्‍यो

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

समय अभावका कारण आजका लागि बोलाइएको सर्वदलीय बैठक भोलि ११ बजे बस्ने भएको छ ।  

सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन गर्नको आवश्यक कार्यविधि बनाउन बसेको कार्यदलको बैठकपछि एमाले संसदीय दलका नेता सुवास नेम्वाङले आज समय अभावका कारण बैठक भोलि बस्ने गरी स्थगित भएको जानकारी दिए । 

‘आज प्रधानमन्त्री र सभामुखज्यूबीच पनि टेलिफोन कुराकारी भयो । प्रधानन्यायधीशको शपथलगायतका कारणले आजको संसद बैठक र सर्वदलीय बैठक स्थगित गर्ने कुरा भएको हो,’ उनले भने, ‘समय लिएरै छलफल गरौँ भन्ने भएर सर्वदलीय बैठक भोलिका लागि सारिएको छ । बैठक ११ बजे यही सिंहदरबारमा बस्छ ।’ 

उनले आजको कार्यदल बैठक समेत सकारात्मक रुपमा सकिएको बताए । उनले भने, ‘आजको बैठक सकारात्मक छ । समय अभावका कारण मात्रै आज संसद बैठक स्थगित गरिएको हो ।’ समिति गठन गर्न बनेको कार्यदलले ड्राफ्ट तयार पारिसकेको उनले बताए । 

कार्यदलमा एमालेबाट सुवास नेम्वाङ, माओवादीबाट हितराज पाण्डे र नेपाली कांग्रेसबाट रमेश लेखक रहेका छन् ।





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार १६:२५:३३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया