logo-img

कुलमानले प्रधानमन्त्री दाहाललाई दिए लोडसेडिङ अन्त्यको जस

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले ऊर्जा क्षेत्रको अहिलेसम्म भएको विकास प्रधानमन्त्री पुष्पकमल दाहालबाट सम्भव भएको बताएका छन् । मंगलबार भरतपुर सबस्टेसन र हेटौंडा–भरतपुर–बर्दघाट प्रसारण लाइन उद्घाटन समारोहलाई सम्बोधन गर्दै कार्यकारी निर्देशक घिसिङले यस्तो बताएका हुन् । 

मुलुकमा लोडसेडिङ अन्त्यदेखि अहिलेसम्मको विद्युत् क्षेत्रको विकासमा प्रधानमन्त्रीको प्रत्यक्ष तथा अप्रत्यक्ष सहभागिता रहेको उनले बताए । १२००० मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् रुपान्तरणकारी आयोजना र १० हजार ८०० मेगावाटको कर्णाली चिसापानी आयोजनालाई अद्यावधिक अध्ययन गराउन औपचारिक रुपमा प्राधिकरणलाई दिने कुरा सकारात्मक रहेको उनले बताए । 

प्राधिकरणले उक्त परियोजना देशको समृद्धिमा ठूलो योगदान पुर्याउने गरी काम गर्ने उनले बताए । नेपालको विद्युतीय क्षेत्र धेरै अगाडि बढेको बताउँदै उनले अहिले सयौं सबस्टेसन र विद्युत उत्पादन परियोजना बनिरहेको जानकारी दिए । 

अब केही समयमा धेरै सबस्टेसन र हाइड्रोपावरहरू उद्घाटन हुने क्रममा रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : भदौ ५, २०८० मंगलबार १९:७:२१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया