भारतमा निर्माणाधीन पुल भत्किँदा १७ कामदारको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

भारतको पूर्वोत्तर राज्य मिजोरममा निर्माणाधीन रेलवे पुल भत्किँदा १७ जनाको मृत्यु भएको छ ।

मिजोरमका मुख्यमन्त्री जोराम थन्गाले दुर्घटनाबारे जानकारी दिँदै त्यहाँ रहेका कम्तीमा पनि १७ जना कामदारको मृत्यु भएको बताएका छन् ।

मिजोरमका प्रहरी अधिकारीका अनुसार पुल भत्किने समयमा त्यहाँ ३५ देखि ४० जना जति मजदुर कार्यरत थिए । पुलको भग्नावशेषमा अझै धेरै व्यक्ति पुरिएका हुन सक्ने आशंका गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बुधबार नै मृतकका परिवारलाई जनही दुई लाख र घाइतेको उपचारका लागि प्रतिव्यक्ति ५० हजार रुपैयाँ दिने घोषणा गरेका छन् । 





  • प्रकाशित मिति : भदौ ६, २०८० बुधबार १५:५८:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया