logo-img

सफ्टवेरिकाका विद्यार्थीले बनाए डढेलो लागेको पत्ता लगाउने प्रविधि

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपालको वनजंगलमा आगलागी हुँदा त्यसले ठूलो रूप नलिँदासम्म कसैलाई पनि थाहा हुँदैन । अझ भनौँ, नेपालमा डढेलो लागेर जनधनको क्षति भइसकेपछि मात्र सरोकारवाला निकाय नियन्त्रणका लागि बामे सर्छ । वन डढेलोबारे समयमै जानकारी प्राप्त नहुँदा र सरोकारवालको ढिलासुस्तीका कारण प्रकृतिमा जुन क्षति पुग्छ, त्यसको भरपाई कसैले पनि गर्न सक्दैन ।

नेपालमा भइरहेको डढेलो नियन्त्रणलाई ध्यानमा राखेर काठमाडौंको डिल्लीबजारस्थित सफ्टवेरिका कलेजका विद्यार्थीले वन, जंगल आगलागी नियन्त्रण गर्ने प्रविधियुक्त मोडल तयार पारेका छन् । सफ्टवेरिका कलेजमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत तोप्निल विष्ट र उनका साथीहरूले संयुक्तरूपमा वन डढेलो नियन्त्रण गर्ने स्मार्ट यन्त्र तयार पारेका हुन् ।   

उनीहरूले तयार पारेको मोडलमा आगो सानै हुँदा सेन्सर गर्ने प्रविधि जडान गरिएको छ । ‘हामीले डढेलो लागेको थाहा पाउन एउटा बक्समा सेन्सर प्रयोग गरेका छौँ । उक्त बक्समा डिएसडी २२ देखि बिएमपी १८० सम्मको सेन्सर प्रयोग गरिएको छ,’ विष्ट भन्छन्, ‘उक्त सेन्सरहरूलाई जुन एरियामा राखिएको छ, त्यहाँको तापक्रम, आद्रताको मापन गरी डेटा कलेक्ट गर्छ । कलेक्ट गरेको डेटालाई  हेरेर आगो हो वा होइन भनेर अनुमान लगाउन सकिन्छ ।’ 

पछिल्लो समय युवापुस्ता पिकनिक, क्याम्प फायर कार्यक्रम वनजंगलमा गएर रमाइलो गरिरहेका हुन्छन् । त्यसैगरी अन्यत्र स्थानमा स–साना आगो बलिरहेका हुन्छन् । ‘डढेलोबाहेक पिकनिक, क्याम्पिङलगायतका कार्य हुँदा पनि जुन ठाउँमा आगो देखिएको त्यहाँ ‘प्रोगामेल ड्रोन’ लाई आगो देखिएको स्थानमा पठाइन्छ । ड्रोनले फोटो खिचेर डेटाबेसमा पठाउँछ,’ विष्टले भने, ‘फोटोमा आगो देखिएमा फायर डिमार्टमेन्टमा एउटा अलर्टको घण्टी बज्छ । यसका साथै मोबाइलमा पनि जानकारीका लागि अर्लट बज्छ ।’ 

अर्लट बजेपछि आगो बारेमा जानकारी लिइन्छ र कुन किसिमको आगो लागेको छ, त्यसबारे जानकारी प्राप्त गरिसकेपछि सरोकारवाला निकाय चनाखो हुने विष्ट बताउँछन् ।  



उनका अनुसार यस प्रविधिले ९७ प्रतिशत प्रभावकारी रुपमा काम गर्नेछ । यसलाई वन विभागसँग मिलेर कार्यान्वयनमा ल्याउन सकिन्छ । यसका साथै एउटा बक्समा भएको सेन्सरले १० किलोमिटरभन्दा बढी क्षेत्रलाई कभर गर्छ । 

वन डढेलोलाई नियन्त्रण गर्न बनाइएको प्रति बक्स बनाउन २५ सय खर्च भएको विष्टले जानकारी दिए । विद्यार्थीले बनाएको बक्समा प्रयोग सेन्सरको साटो अर्को सेन्सर प्रयोग गरेपछि तीन हजार जति खर्च आउनेछ । 



‘यसको मुख्य उद्देश्य भनेको वन डढेलोका कारण दिनहुँ जमिन बिग्रिरहेको छ । त्यसलाई कम गर्न यो प्रविधिको निर्माण गरिएको हो,’ विष्टले भने । ‘टेक–एक्स २०२३’मा विद्यार्थीद्वारा निर्मित रोबोटिक्स, स्मार्ट सिटी, एआई, साइबर सुरक्षासम्बन्धी विभिन्न परियोजनासमेत प्रदर्शनमा राखिएको थियो । 

  • प्रकाशित मिति : भदौ ७, २०८० बिहीबार १४:१२:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया