logo-img

मेलम्चीमा बाढी : ग्याल्थुम बजार जोखिममा, मेलम्ची-हेलम्बु सडक अवरुद्ध

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अविरल वर्षाका कारण सिन्धुपाल्चोकको ग्याल्थुम बजार जोखिममा परेको छ । लगातारको वर्षाले मेलम्ची नदीमा आएको बाढीले बजार क्षेत्रमा त्रास सिर्जना भएको छ । 

हेलम्बु–४ स्थित सरस्वती माध्यमिक विद्यालयको शौचालय बगाएको छ भने स्कुलको जग भत्काएको छ । कक्षाकोठा उच्च जोखिममा परेको हेलम्बु गाउँपालिकाका अध्यक्ष निमा ग्याल्जेन ह्याल्मोले जानकारी दिए । 

उनले भने ‘४८ घण्टादेखि निरन्तर पानी परिरहेको छ । बजार क्षेत्र जोखिममा छ  । दुई दिन लगातार काम गरेर पानीको धार परिवर्तन गरिएपछि केही राहत भएको छ । तर निरन्तरको वर्षाका कारण नदीमा बहाव बढिहरेकोले जोखिम कम भएको छैन ।’ 

पानी पर्न सुरु गर्नासाथ स्थानीय त्रसित बन्दै खोलो हेरेर बस्नुपर्ने अवस्था बनेको उपाध्यक्ष अप्सरा लम्सालले बताइन् । हेलम्बु, मेलम्ची क्षेत्रमा आएको बाढीका कारण मेलम्ची–हेलम्बु सडक यातायात अवरुद्ध भएको छ ।

गएरातिदेखि सडक अवरुद्ध भएको अध्यक्ष ह्याल्मोले जानकारी दिए ।  उनले भने ‘निरन्तर पानी परिहरेको छ आज सडक खुल्न सक्ने अवस्था छैन ।’ पानी रोकिए पनि खोला घट्न समय लाग्ने उनको अनुमान छ । 





  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार १०:२४:१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया