logo-img

अर्धसैनिक लडाकूलाई शपथ ग्रहण गर्नुपर्ने आदेशमा पुटिनले गरे हस्ताक्षर

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

रुसी अर्धसैनिक लडाकूले रुसी झण्डाको सपथ लिनुपर्ने शुक्रबार हस्ताक्षर गरिएको छ ।

राष्ट्रपति भ्लादिमिर पुटिनको आदेशअनुसार सपथको उद्देश्य स्वयंसेवक संरचनाका सदस्यहरूमा ‘रुसी सङ्घको रक्षाको लागि आध्यात्मिक र नैतिक आधारहरू निर्माण गर्नु’ रहेको छ ।  

क्रेमलिनको वेबसाइटमा प्रकाशित आदेशमा भनिएको छ, ‘सशस्त्र बललाई दिइएको कार्य सम्पादनमा योगदान पुर्‍याउने समूह र क्षेत्रीय प्रतिरक्षा एकाइमा पनि यो नियम लागू हुन्छ ।’

‘लडाकूहरूले ‘रुसी सङ्घप्रति आफ्नो वफादारी, आफ्ना कमान्डर र उच्च अधिकारीहरूको आदेशलाई कडाइका साथ पालना गर्नुहोस् र इमानदारीपूर्वक आफ्नो दायित्व पूरा गर्नुहोस्,’ आदेशमा भनिएको छ । 

प्रिगोजिनले आफ्ना लडाकुलाई मस्कोका उच्च अधिकारीविरुद्ध घातक विद्रोहमा नेतृत्व गरेको दुई महिनापछि राष्ट्रपति पुटिनले उक्त दस्तावेजमा हस्ताक्षर गरेका थिए ।

वाग्नरको भविष्यबारे सोधिएको प्रश्नमा क्रेमलिनका प्रवक्ता दिमित्री पेस्कोभले शुक्रबार भने, ‘कानुनी रूपमा वाग्नर निजी सैन्य समूहको अस्तित्व छैन ।’



रुसमा भाडाका समूहलाई प्राविधिक रूपमा गैरकानुनी घोषित गरिएको छ । 



  • प्रकाशित मिति : भदौ ८, २०८० शुक्रबार २१:५२:१९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया