logo-img

नेपाली बजारमा घट्यो गोलभेँडाको मूल्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि तरकारी र फलफूलको बजार मूल्य निर्धारण गरेको छ । 

समितिका अनुसार ठूलो गोलभेँडाको न्यूनतम् मूल्य आज ८० रुपैयाँ प्रतिकेजी तोकिएको छ । नेपाली सानो गोलभेँडा ५८ रुपैयाँ, रातो आलु ५२ रुपैयाँ,भारतीय प्याज सुकेको ७३ रुपैयाँ, गाजर १०० रुपैयाँ तथा स्थानीय काउली ६० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरिएको छ । 

घिउ सिमी लोकल ८०, भन्टा डल्लो ८०, तने बोडी ८०,मकै बोडि ९०, भटमास कोशा १००, तितो करेला ८०, लौका ६०,लोकल परवल ५५,घिरौँला ६०, हरियो फर्सी ८०,फर्सी पाकेको ४५, स्कूस ५०, कन्यच्याउ १५०, डल्ले च्याउ ३५०,कुरीलो ४५०,ब्रोकाउली १५०,काँक्रो लोकल ६० रुपैयाँ न्यूनतम प्रतिकेजीमा किनबेच भइरहेको छ । 

त्यस्तै, आजका लागि केरा दर्जनको १४० रुपैयाँ,स्याउ फूजी ३५०, अनार ३००,आँप दशहरी २२०,कालो अंगुर ४५०,तरबुजा ७०, मौसम १२०, नासपाती लोकल ७०, मेवा भारतीय ८०, किवी ७०० र आभोकाडो २५० रुपैयाँ प्रतिकेजी न्यूनतम् मूल्य तोकिएको छ ।  





  • प्रकाशित मिति : भदौ ९, २०८० शनिबार ८:४४:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया