काठमाडौंमा शुक्रबार सार्वजनिक बिदा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले यही भदौ १५ गते शुक्रबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । महानगरले भदौ १५ गते सापारु तथा रोपाईं जात्रा मनाउनका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।

महानगरका प्रमुख प्रशासकीय अधिकृत वसन्त अधिकारीद्वारा जारी सूचनामा भनिएको छ– ‘काठमाडौं महानगरपालिका स्थानीय राजपत्र संवत् २०८० भाद्र १३ गते प्रकाशित सूचना अनुसार संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन सापारु र रोपाइँ जात्रासमेत मनाउने प्रचलन अनुसार उक्त परम्परालाई निरन्तरता दिई महानगरपालिकाको मौलिक अमूर्त सम्पदाको संरक्षण गर्न संवत् २०८० भाद्र १५ गते शुक्रबारका दिन काठमाडौं महानगरपालिका क्षेत्रभित्र सार्वजनिक बिदा दिने निर्णय भएको हुँदा सम्बन्धित सबैको जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ ।’

भोलि बिहीबार जनै पूर्णिमा, रक्षा वन्धन तथा गाईजात्राको अवसरमा देशैभरि सार्वजनिक बिदा छ ।





  • प्रकाशित मिति : भदौ १३, २०८० बुधबार १८:१५:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया