logo-img

देशभन्दा पहिले माओवादीको रूपान्तरण जरुरी : पूर्वअर्थमन्त्री शर्मा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

माओवादी केन्द्रका नेता जनार्दन शर्माले, देश रूपान्तरणभन्दा पहिले माओवादी पार्टी आफैँ रूपान्तरण हुन जरुरी रहेको बताएका छन् ।  

माओवादी रूपान्तरण अभियानअन्तर्गत चन्द्रागिरि–२ मा आयोजित कार्यक्रममा उनले पार्टीलाई जनताको माग र आवश्यकताअनुसार रूपान्तरण गर्न र समृद्ध राष्ट्र निर्माण गर्न अभियान महत्वपूर्ण हुने विश्वास व्यक्त गरे । 

उनले भने, ‘माओवादीले लिएको लक्ष्य प्राप्त गर्न सक्दैनौँ भने यो प्राप्त भएको उपलब्धि जनताले पाएको अधिकार समाप्त हुनेछ । त्यसकारण यो अधिकारको रक्षा गर्दै त्यसको कार्यान्वयन गर्न सक्ने स्तरमा समाज, देश बनाउन सामाजिक रूपान्तरण र देशका लागि माओवादी पार्टीको आफ्नै रूपान्तरण आवश्यक छ ।’ 

युवाशक्तिलाई एकीकृत गरेर समृद्ध राष्ट्र बनाउन रूपान्तरणको अभियानका लागि पार्टीले आवश्यक पहल गर्नुपर्ने उनको भनाइ छ ।

उनले भने, ‘पार्टीलाई जनताको माग र आवश्यकताअनुसार जनताले चाहेजस्तो बनाउन र राज्यलाई सामाजिक न्यायको अभिभावक बनाउन, शासन प्रक्रियालाई जनमुखी बनाई सुशासन स्थापित गर्न यो अभियानको आवश्यकता परेको हो । देशलाई साधन, स्रोत र युवाहरुको शक्तिलाई एकीकृत गरेर समृद्ध राष्ट्र बनाउन यो अभियान आवश्यक परेको हो ।’

यसको साथै उनले पार्टीलाई आवश्यक परेको नयाँ विचार निमार्ण गर्न र पार्टीभित्रको कमीकमजोरीलाई सुधार गर्ने प्रतिबद्धताका लागि नै रूपान्तरण कार्यक्रमको आयोजना भएको पनि बताए । 





  • प्रकाशित मिति : भदौ १६, २०८० शनिबार १५:३९:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया