फरकधार मिडियाको अध्यक्षमा उद्धव बहादुर खड्का नियुक्त

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

फरकधार मिडिया प्रालिको अध्यक्ष तथा प्रबन्ध निर्देशकमा उद्धव बहादुर खड्का नियुक्त भएका छन् । ​आइतबार बसेको फरकधार मिडिया प्रालि सञ्चालक समितिको बैठकले खड्कालाई अध्यक्षमा नियुक्त गर्ने निर्णय गरेको हो ।  

नवनियुक्त खड्कालाई फरकधार मिडियाका निर्देशक महेश शमशेर राणा र प्रधानसम्पादक सन्तोष आचार्यसहित फरकधार टिमले स्वागत गरेको थियो ।​

नवनियुक्त अध्यक्ष खड्काले उपस्थित सबैलाई धन्यवाद दिँदै फरकधार मिडियालाई थप उचाइमा पुर्याउन भरपुर साथ सहयोग दिने बताए । उनले नेपाली मिडिया क्षेत्रलाई उद्योगको रूपमा विकास गर्नु आवश्यक रहेकाे बताए । 

‘मिडियालाई उद्योगका रूपमा विकास गर्नुपर्छ । अनि मात्र सही सूचना, सही समयमा, सबै नागरिकमाझ पुर्‍याउन सकिन्छ । देश, समाज र जनतालाई सुसूचित गर्ने प्लेटफर्मका रूपमा मिडिया हाउसलाई लिनुपर्छ,’ अध्यक्ष खड्काले भने ।  



समाज र देशलाई योगदान गर्ने हेतुले आफू मिडिया क्षेत्रमा आबद्ध भएको अध्यक्ष खड्काले बताए । उनले देशको चौतर्फी विकासका लागि आफू हरबखत लागि पर्नेसमेत बताए ।   

सन् २००२ फाइनान्स तथा मार्केटिङमा एमबीए (मास्टर इन बिजनेश स्टडिज) अध्ययन गरेका खड्काले अन्टरप्रेनरसिप इन ग्लोबल एजुकेसनमा विद्यावारिधि गरेका छन् । उनी करिब दुई​ दशकदेखि शिक्षा तथा शैक्षिक परामर्श क्षेत्रमा सक्रिय छन् ।  



खड्का समाजसेवी पनि हुन् । विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय शैक्षिक क्षेत्रमा सक्रिय रहेका खड्का लायन्स क्लबलगायत विभिन्न सामाजिक संस्थाहरूमा आबद्ध रहेका छन् ।   

 

उनी हब ग्रुप अफ कम्पनिजको अध्यक्ष पनि हुन् । हब ग्रुप अफ कम्पनिज अन्तर्गत हब इन्टरनेशनल एजुकेसन, ट्रेडिङ हब, ट्राभलर्स हब र हब प्राफेशनल सर्भिसेस रहेका छन् ।   

  • प्रकाशित मिति : भदौ १७, २०८० आइतबार १३:६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया