logo-img

तीन महिनादेखि अवरुद्ध ताप्लेजुङ-काठमाडौं उडान सुचारु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल एयरलाइन्सले करिब तीन महिनापछि काठमाडौं–सुकेटार उडान सुरु गरेको छ । खराब मौसमलगायतका कारण गत २४ जेठदेखि काठमाडौ–सुकेटार उडान हुन सकेको थिएन ।  

मौसममा सुधार आएसँगै सोमबारदेखि नियमित उडान सुरु भएको नेपाल एयरलाइन्सका सुकेटार विमानस्थल प्रमुख सचिन तिवारीले जानकारी दिए ।

लामो समयपछि भएको उडानमार्फत काठमाडौंबाट ६ यात्री ताप्लेजुङ आएका छन् भने एकजना यात्री काठमाडौं गएका छन् । पहिलेकै उडान तालिकाअनुसार साताको सोमबार, बिहीबार र शनिबार नियमित उडान हुने उनले बताए ।

करिब १ हजार ८ सय मिटरको उचाइमा रहेको सुकेटार विमानस्थलमा बर्खाको समयमा प्रायः हुस्सु लाग्ने भएकाले उडानमा कठिनाइ हुने गरेको छ ।

यसअघिको तुलनामा उडानको भाडा दरसमेत घटाइएको छ । काठमाडौं–ताप्लेजुङको भाडा यसअघि ९ हजार ६ सय ५३ रुपैयाँ थियो भने हाल घटाएर ८ हजार ६ सय रुपैयाँ कायम गरिएको छ । यस्तै, ताप्लेजुङ–काठमाडौंको भाडा यसअघि ९ हजार चार सय ५३ भएकोमा घटाएर ८ हजार ४ सय रुपैयाँ तोकिएको छ । 

मौसममा क्रमशः सुधार आएको र चाडबाड नजिकिएकाले नियमितरूपमा उडान हुने विमानस्थलको विश्वास छ । यस्तै, पर्यटनको समेत सिजन लागेकाले यात्रुको अभावसमेत नहुने अनुमान गरिएको विमानस्थलले जनाएको छ । रासस  





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार ११:२:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया