एसिया कपमा शतक प्रहार गर्ने खेलाडीलाई एक लाख दिने शुक्लाफाँटाको निर्णय

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाले आज एसिया कप क्रिकेट प्रतियोगितामा शतक प्रहार गर्ने र चार विकेट लिने खेलाडीलाई एक–एक लाखसहित सम्मान गर्ने निर्णय गरेको छ ।

शुक्लाफाँटा नगरपालिकाका नगरप्रमुख रणबहादुर महराले राष्ट्रिय क्रिकेट टिमको उच्च सम्मान र हौसला बढाउन नगर प्रमुखस्तरीय निर्णयअनुसार रकमसहित सम्मान गर्ने निर्णय गरिएको जानकारी दिए । 

प्रतियोगिताअन्तर्गत आज नेपालले भारतको सामना गर्दै छ । खेल आज दिउँसो श्रीलंकाको पालेकेले अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदै छ । प्रतियोगिताको पहिलो खेलमा नेपाल पाकिस्तानसँग पराजित भएको थियो ।





  • प्रकाशित मिति : भदौ १८, २०८० साेमबार १५:१२:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया