logo-img

समिति पुनर्गठन र प्रशिक्षणलाई तीव्रता दिँदै जसपा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादी पार्टी, (जसपा) नेपालले पुनर्गठन र प्रशिक्षण कार्यक्रमलाई तीव्रता दिएको छ । ज्ञानबहादुर तामाङको अध्यक्षतामा ताम्सालिङ राष्ट्रिय समिति पुनर्गठन गरिएको सो पार्टीका प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।  

यसअघि मनबहादुर गुरुङको अध्यक्षतामा ३१ सदस्यीय तमुवान राष्ट्रिय समिति पुनर्गठन गरिएको थियो । राष्ट्रिय समितिले समिति पुनर्गठन गर्नुका साथै अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम पनि गर्न थालेको छ । 

सोहीअन्तर्गत शुक्रबार किरात राष्ट्रिय समितिले उदयपुरको बेलका नगरपालिकामा अभिमुखीकरण र प्रशिक्षण कार्यक्रम गर्ने तयारी गरेको छ । 

पार्टीका सङ्घीय परिषद् अध्यक्ष अशोककुमार राई, अध्यक्ष उपेन्द्र यादव, कार्यकारिणी सदस्य राजेन्द्र श्रेष्ठ, रकम चेम्जोङ, राजकिशोर यादव, पर्शुराम बस्नेत, सुशीला श्रेष्ठलगायत नेताले अगुवा कार्यकर्तालाई प्रशिक्षण दिने कार्यक्रम तय भएको प्रचारप्रसार तथा प्रकाशन विभाग प्रमुख बस्नेतले बताए । 





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १०:५२:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया