रिजालको निधनमा शुक्रबार शोक बिदा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिकाले शुक्रबार महानगरमा शोक बिदा दिने भएको छ । महानगरले वडा नं १६ का अध्यक्ष मुकुन्द रिजालको असामयिक निधनमा शोक बिदा दिएको हो ।
 
महानगरका प्रशासन विभाग प्रमुख दीपक अधिकारीका अनुसार शुक्रबार काठमाडौं महानगर र अन्तर्गतका कार्यालयमा शोक बिदा दिने निर्णय गरिएको हो । 

भाइरल संक्रमणका कारण रिजालको काठमाडौंस्थित ग्रान्डी अस्पतालमा उपचारका क्रममा बिहीबार बिहान निधन भएको थियो ।

जटिलता बढेर मिर्गौलामा पनि असर पुगेपछि हिजो नै उनको डायलसिस गरिएको रिजालको उपचारमा संलग्न चिकित्सकले जानकारी दिएका छन् ।

रिजाल नेपाली कांग्रेस क्षेत्र नं ७ का निर्वाचित सभापति पनि हुन् । उनको आजै पशुपति आर्यघाटमा दाहसंस्कार गरिएको छ । 





  • प्रकाशित मिति : भदौ २१, २०८० बिहीबार १६:४५:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया