logo-img

यस्तो छ आज फलफूल र तरकारीको मूल्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ ।

जसअनुसार नेपाली गोलभेँडा सानो प्रतिकेजी ४० रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०, काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८, भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरेको छ ।  

बजारमा आज गाजर प्रतिकेजी १३०,मूला रातो १००, घिउ सिमी लोकल ७०, भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमासकोशा १००,तितो करेला ८०,लौका ४०, परवल लोकल ५०, हरियो फर्सी ५०, घिरौँला रुपैयाँ न्यूनतम् मूल्यमा किनबेच भइरहेको छ । 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३००, कन्य च्याउ १८०, कुरीलो ४५०, ब्रोकाउली  २५०, भिण्डी ५०, रायो साग १००,तोरीको साग ५०, हरियो प्याज १८०, काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरेको समितिले जनाएको छ ।  

फलफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम् मूल्य तोकिएको छ ।  





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार १०:२६:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया