logo-img

चार प्रदेशमा भारी वर्षाको सम्भावना

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जल तथा मौसम विज्ञान विभागका अनुसार आज देशभर मौसम आंशिकदेखि सामान्य बदली रही मधेश, गण्डकी,  लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । 

हाल मनसुनको  न्यूनचापीय  रेखा  सरदर  स्थानको  दक्षिणतिर रहेको छ । नेपालमा हाल भारतको  मध्यप्रदेश  र  आसपासको  क्षेत्रमा  रहेको  न्यूनचापीय  प्रणालीको  समेत  आंशिक प्रभाव रही हाल कोशी, मधेश, बागमती,  लुम्बिनी  र  कर्णाली प्रदेशका थोरै  स्थानमा हल्कादेखि  मध्यम वर्षा भइरहेको छ ।

आज दिनभर देशभरको मौसम आंशिक  देखि  सामान्य बदली  रहनेछ । बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही  स्थान  तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम  वर्षाको  सम्भावना  रहेको  विभागले जनाएको छ ।

दिउँसो विभागले लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक–दुई  स्थानमा भारी  वर्षाको  समेत  सम्भावना  रहेको  उल्लेख गरेको छ । 

शनिबार राति देशभर मौसम आंशिकदेखि सामान्य बदली  रहनेछ । राति मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई  स्थानमा भारी  वर्षाको  समेत  सम्भावना रहेको छ ।

साथै मधेश प्रदेशलगायत बागमती,  गण्डकी  र  लुम्बिनी प्रदेशका  तराईका   भू–भागका केही स्थानमा हावा–हुरीको  पनि  सम्भावना  रहेकाले सर्तकता अपनाउन विभागले अनुरोध गरेको छ ।





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार १६:१५:१०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया