logo-img

विदेशी चलचित्रसँग प्रतिस्पर्धा चुनौतीपूर्ण छ : विकास बोर्ड अध्यक्ष केसी

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले नेपाली चलचित्रले विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्न चुनौतीपूर्ण रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित नेपाल चलचित्र कलाकार संघको ३५औँ स्थापना दिवसको अवसरमा आयोजित ‘नेपाली चलचित्रको गुणस्तरमा पेसाकर्मीको भूमिका’ विषयक अन्तरक्रियामा उनले नेपाली चलचित्रलाई विदेशी चलचित्रले थिचोमिचो  गरिरहेको अवस्थामा पनि चलचित्र बनाउने क्रम नरोकिएको भन्दै उनले खुसी व्यक्त गरे । 

उनले भने, ‘चलचित्रमा गुणस्तर हुन सकेन । हाम्रो चलचित्रलाई अहिले पनि विदेशी चलचित्रले थिचोमिचो गरिरहेका छन् । यस्ता धेरै समस्या हामी वर्षौंदेखि झेलिराखेकै छौँ । तै पनि हामी अगाडि बढ्दै, निरन्तर घर खेत राखेर चलचित्र बनाउने क्रममा अगाडि बढिरहेका छौँ ।’

उनले आफ्नै देशमा धेरै पैसा लगानी गरेर बनाएका विदेशी चलचित्रसँग प्रतिस्पर्धा गर्नु चुनौतीपूर्ण रहेको बताए । उनले भने, ‘विदेशी चलचित्रसँग हिम्मत नहारी धेरै पैसा खर्च गर्ने चलचित्रको अगाडि हामीले थोरै लगानीमा प्रतिस्पर्धा जारी राखिरहेका छौँ । आफ्नै देशमा ठूलाठूला विदेशी चलचित्रसँग प्रतिस्पर्धा सामना गरिरहेका छौँ, त्यसैले चुनौती धेरै छन् ।’

त्यस्तै, नेपाल चलचित्र कलाकार संघका मोहन निरौलाले स्व. कलाकार सारुक ताम्राकारको मृत्यु प्रकरणमा कलाकार संघ संस्थाले केही गरेन भनेर गाली आउने गरेको भन्दै कलाकार राष्ट्रको पहिचान भएकाले मर्यादित रूपमा बोल्न आग्रह गरे । 





  • प्रकाशित मिति : भदौ २३, २०८० शनिबार १९:४७:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया