logo-img

बढ्यो हरियो तरकारीको मूल्य

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको लागि तरकारी र फलफूलको मूल्यसूची सार्वजनिक गरेको छ । आइतबार हरियो तरकारीमा प्रतिकेजी ५० रुपैयाँ सम्म मूल्य बढेर आएको छ ।   

आज नेपाली गोलभेँडा सानो प्रतिकेजी ३५ रुपैयाँ, भारतीय ठूलो गोलभेँडा पनि ४०,काउली स्थानीय प्रतिकेजी ९० रुपैयाँ, आलु रातो ५६, मुडे आलु रातो ५०, सेतो आलु ४८,भारतीय सुकेको प्याज, ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरिएको छ ।   

आज गाजरको मूल्य प्रतिकेजी १० रुपैयाँले घटेर आएको छ । आज गाजर न्यूनतम प्रतिकेजी १२०, मूला रातो १००, घिउ सिमी लोकल ८०, भन्टा लाम्चो ५०,मकै बोडी ९०, भटमासकोशा १००, तितो करेला ९०, लौका ४०, परवल लोकल ४०, हरियो फर्सी ४५, घिरौँला ४० रुपैयाँ न्यूनतम् मूल्यमा किनबेच भइरहेको छ ।
 
आज लोकल सिमी गाँजर, करेलामा प्रतिकेजी १० रुपैयाँले मूल्य घटेर आएको छ । तर, डल्ले च्याउ र कुरीलोमा  हिजोको तुलनामा आज प्रतिकेजी ५० र कन्य च्याउमा २० रुपैयाँ बढेर आएको छ । 

आज डल्लेच्याउ प्रतिकेजी ३५०, कन्य च्याउ २००, कुरीलो ४५०, ब्रोकाउली  ३००, भिण्डी ५०, रायो साग १००, हरियो प्याज १८०, काँक्रो लोकल ७० रुपैयाँ न्यूनतम् मूल्य निर्धारण गरेको समितिले जनाएको छ । 

फलफूलमा आज केरा दर्जनको १४०, फूजी स्याउ ३२०, अनार ३००, अंगुर कालो ४५०, तरबुजा ६०, मौसम १५०, लोकल नासपाती ७०, भारतीय मेवा ८०, एभोकाडो २०० र अम्बा १०० रुपैयाँ न्यूनतम् मूल्य तोकिएको छ । 
 





  • प्रकाशित मिति : भदौ २४, २०८० आइतबार ९:५९:९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया