logo-img

मोर्चा र नेपाली कांग्रेसको सहकार्य जारी रहन्छ : अध्यक्ष यादव

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवले समाजवादी मोर्चा र गठबन्धनमा रहेको नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर अगाडि बढ्ने बताएका छन् ।

सोमबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै उनले कांग्रेसलाई साइजमा ल्याउन मोर्चा बनाएको आरोप भ्रम मात्र रहेको भन्दै मोर्चा र नेपाली कांग्रेस सँगसँगै सहकार्य गरेर जाने बताएका हुन् ।
 
उनले भने, ‘यो मोर्चा कांग्रेसलाई साइजमा ल्याउन गरिएको हो भन्ने कुरा भ्रम हो । कांग्रेसका शीर्ष नेताको सल्लाह, सहमति र सहयोगमा नै सहकार्य हुँदै यो मोर्चा बनेको हो । यो मोर्चाले गठबन्धनमा नेपाली कांग्रेससँग सहकार्य गर्दै अगाडि बढ्नकै लागि हो । त्यसैले भ्रमले साथीहरू तर्सिनुभएको भए मुक्त हुनुहोला । गठबन्धन र मोर्चा एकअर्काका सहयोगी नै हुन् ।’
  
अध्यक्ष यादवले संविधानमा सरकार गठनसम्बन्धी विभिन्न विकल्प राख्नु नै त्रुटिपूर्ण भएको टिप्पणी गरे । उनले सरकार गठनसम्बन्धी व्यवस्था संविधानमै त्रुटिपूर्ण रहेकाले कोशी प्रदेशमा समस्या पैदा भएको बताए ।
 
उनले भने, ‘संसदीय व्यवस्थामा बहुमत, दुई तिहाइनजिक भएका दलहरू गठबन्धनहरू त धराशायी भए । यो त झिनो मतले अगाडि पछाडि हुने हो । सिस्टममै दोष छ । संवैधानिक व्यवस्थाको संरचनामा पुनर्विचार गर्नुपर्छ, संसदीय व्यवस्था भनेको बहुमत रहेसम्म सरकार बनाउने र नरहँदा हट्ने प्रावधान राख्नुपर्छ । संवैधानिक व्यवस्था नै त्रुटिपूर्ण छ ।’
 





  • प्रकाशित मिति : भदौ २५, २०८० साेमबार १५:२७:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया