logo-img

अर्थ मन्त्रालयका ५५ कर्मचारीको एकैसाथ सरुवा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

अर्थ मन्त्रालयका ५५ जना कर्मचारी एकैसाथ सरुवा भएका छन् । अर्थ प्रशासनभित्र कर अधिकृतहरुको एकसाथ हेरफेर गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयले यसलाई नियमित सरुवा समेत भनेको छ । मन्त्रालयका केही उपसचिवलाई कर कार्यालयमा खटाइएको छ भने कतिपय उपसचिवको कार्यालय परिवर्तन गराइएको छ । 

आन्तरिक राजस्व कार्यालय त्रिपुरेश्वरको जिम्मेवारी राजुप्रसाद प्याकुलरेललाई दिइएको छ । उनी यसअघि आन्तरिक राजस्व विभागमा थिए ।

इन्द्रबहादुर देवकोटालाई अर्थबाट ठूला करदाता कार्यालयमा पठाइएको छ भने चुडाराज सापकोटालाई आन्तरिक राजस्व कार्यालय जोरपाटीको जिम्मेवारी दिइएको छ ।

नयाँ बानेश्वरमा गोविन्दराज आचार्य र कलंकीमा ज्ञानहरि पन्थी, ठमेल कार्यालयमा विमला अधिकारी र लाजिम्पाटमा बोधराज आचार्य तोकिएका छन् ।





  • प्रकाशित मिति : भदौ २७, २०८० बुधबार २०:१२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया