logo-img

प्रधानमन्त्रीले ओडाए नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानसभाका अध्यक्ष एवं नेकपा(एमाले)का उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओडाएका छन् । स्वीर्गीय नेम्वाङको अन्त्येष्टिका लागि आर्यघाटमा पुगेका उनले राष्ट्रिय झण्डा ओडार अन्तिम श्रद्धाञ्जली अर्पण गरे ।

नेम्वाङले नेपाली राजनीतिमा पुर्याएको योगदानको उच्च कदर गर्दै सरकारले उनलाई राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको थियो । बिहीबार सरकारले सार्वजनिक बिदासमेत दिएको छ ।

मंगलबार बिहान हृदयघातका कारण निधन भएका नेम्वाङको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि बुधबार दिउँसो १ बजेसम्म पार्टी कार्यालयमा राखिएको थियो । त्यसपछि उनको पार्थिव शरीर बालुवाटारस्थित निजी निवासमा पुर्याइएको थियो ।

स्वर्गीय नेम्वाङको अन्त्येष्टिमा प्रधानमन्त्रीसहित विभिन्न राजनीतिक दलका नेताहरू, कूटनीतिक नियोगका प्रमुख, उच्चपदस्थ अधिकारी, ठूलो संख्यामा पार्टीका नेता कार्यकर्ता, शुभेच्छुक लगायतको उपस्थिति रहेको थियो ।  





  • प्रकाशित मिति : भदौ २८, २०८० बिहीबार १३:५७:३८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया