logo-img

दाङमा  सर्पले डसेर दुई महिनामा ६ जनाको मृत्यु

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

दाङमा दुई महिनामा सर्पको टोकाइबाट छ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयको तथ्याङ्कअनुसार दुई महिनामा सर्पदंशका एक सय सात घटना भएका थिए ।

साउनमा ३६ र भदौमा १८ गरी ५४ जना महिला तथा साउनमा २८ र भदौमा १३ गरी ४१ पुरुष सर्पले टोकेर घाइते भएका थिए । त्यस्तै साउन र भदौमा ६/६  बालबालिकालाई सर्पले टोकेको थियो ।  

सर्पदंशका बिरामी मध्ये साउनमा एक महिला, दुई बालबालिका, दुई पुरुष तथा भदौमा एक पुरूषको मृत्यु भएको हो । जिल्लामा सर्पदंशको प्रभावकारी उपचार नहुँदा यसरी बिरामीको मृत्यु हुने गरेको छ भने कतिपय बिरामीलाई दाङबाट नेपालगन्ज वा गोरुसिङ्गे लैजाने गरिएको छ । 





  • प्रकाशित मिति : भदौ २८, २०८० बिहीबार १४:४८:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया