logo-img

एसिया कपको उपाधिका लागि भारत र श्रीलंकाबीच भिडन्त हुने

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

एसिया कप क्रिकेट प्रतियोगिताको उपाधिका लागि भारत र सह—आयोजक श्रीलंकाबीच भिडन्त हुने भएको छ । बिहीबार राति भएको खेलमा श्रीलंकाले पाकिस्तानलाई हराएको हो ।

श्रीलंकाले घरेलु मैदानमा खेलिएको ‘सुपर फोर’ चरणको खेलमा आयोजक पाकिस्तानलाई ‘डकवर्थ एन्ड लुइस’ नियमका आधारमा दुई विकेटले पराजित गरेको हो । 

निर्णायक खेलमा जित हात पारेसँगै श्रीलंका प्रतियोगिताको फाइनलमा पुग्न सफल भएको हो । भारत यसअघि नै एसिया कपको फाइनलमा पुगिसकेको छ । 

प्रतियोगिताको फाइनल खेल आगामी आइतबार कोलम्बोमा हुँदैछ । 





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार ६:३४:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया