logo-img

नेम्वाङले ओलीलाई भनेका थिए -‘संविधान जारी गर्नबाट रोकियो भने देश नै सकिन्छ’

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका दिवङ्गत नेता सुवास नेम्वाङसँगको सम्झना गर्दै आठ वर्षअघिको कठिन बेलाको दृश्य आफ्नो आँखा अगाडि आएको बताएका छन् ।

नेम्वाङको दाहसंस्कारबाट फर्केपछि उनले स्मृतिका पाना पल्टाएको भन्दै फेसबुकमा लेखेका छन् ‘उहाँ असोज ३ गते संविधान जारी गर्न संसद्मा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईँ ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।’

उनले संविधान जारी भएपछि नाकाबन्दी भएको र नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको उल्लेख गरेका छन् । 

यस्तो छ ओलीको स्टाटस

प्रिय साथी सुवास नेम्वाङलाई सदाका लागि बिदाइ गरेर आर्यघाटबाट फर्केपछि आज मैले आठ वर्षअघि यसै समयको डायरीको पाना पल्टाएँ । त्यस कठिन बेलाको दृश्य आँखा अगाडि आयो । नेपालमाथि नाकाबन्दीको हल्ला चलिसकेको थियो, सुरक्षाको कारण देखाएर सीमा नाकामा गाडी रोकिन थालिसकेका थिए । भूकम्पको ठूलो क्षतिबाट उठ्न सकेका थिएनौँ । अत्यावश्यक इन्धनको अभावले बजारमा हाहाकार सुरु भइसकेको थियो । विभिन्न जातीय, क्षेत्रीय, धार्मिक समूहलाई उत्तेजित बनाउने र त्यसबाट देशलाई अस्थिरतातर्फ लैजाने प्रयास भित्रभित्रै भइरहेका थिए । नेपाललाई स्वतन्त्र राष्ट्रका रूपमा रहन नदिने एउटा प्रहार खेपिरहेका थियौँ ।

संविधानसभामा सधैँ शान्त रूपमा प्रस्तुत हुने उहाँ त्यो दिन कडा रूपमा प्रस्तुत हुनुभएको थियो । दलका नेता, संविधानसभाका अध्यक्ष, प्रधानमन्त्री सबैलाई संविधान रोक्न निकै ठूलो दबाब थियो । भारतीय विदेश सचिव आएर फर्केपछि सुवासजी तत्कालीन प्रधानमन्त्री सुशील कोइरालालाई भेटेर अलि अत्तालिँदै मलाई भेट्न आउनुभयो । उहाँले अलि हडबडाउँदै भन्नुभयो– ‘डरलाग्दो स्थिति छ, ३ गते संविधान जारी गर्नबाट रोकियो भने संविधान मात्रै होइन, सबै बरबाद हुनेछ । यस्तो भयो भने त देश नै सकिन्छ ।’



उहाँ असोज ३ गते संविधान जारी गर्न संसद्मा आइदिन निम्तो लिएर राष्ट्रपति रामवरण यादवकहाँ जाँदा राष्ट्रपतिले आउने, नआउने केही भन्नु भएनछ । ‘नआउन पनि सक्ने देखें, के गर्ने होला ?’ सुवासजी संविधान जारी नहुने चिन्ताले उत्तेजित हुनुभएको रहेछ । उहाँलाई मैले तपाईँ ३ गतेको तयारी गर्नुस्, जे हुन्छ, त्यही दिन गरौँला भनेँ ।

हुन पनि संविधान जारी भएपछि नाकाबन्दी भयो । हामीले नाकाबन्दीको त्यो अप्ठ्यारो पार गरेको झलझली सम्झिरहेको छु, सुवासजी !
 



  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १०:४१:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया