logo-img

बाल अधिकार सुनिश्चित गर्न सबै तवरले काम गर्न आवश्यक : उपमेयर डंगोल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

काठमाडौं महानगरपालिका उपप्रमुख सुनिता डंगोलले बालबालिकाको हक अधिकार सुनिश्चितताका लागि धेरै काम गर्न आवश्यक भएको बताएकी छन् । 

महानगरपालिकाद्वारा आयोजित बाल दिवस विशेष कार्यक्रममा उनले यसका लागि सरकारी र संघ संस्थाले उत्तिकै जिम्मेवार भएर काम गर्नु पर्ने बताइन् । 

‘बाल दिवसको कुरा गरिरहँदा बालबालिकाको हक अधिकारको कुराहरू गर्छौँ,’ उपप्रमुख डंगोलले भनिन्, ‘बालबालिकाले आनन्दले बस्न र बाँच्न पाउने अधिकार सुनिश्चित गर्ने, गाँस, बास कपास र शिक्षालगायत अधिकारहरूको सुनिश्चित गर्नुपर्छ । यसका लागि सरकारी र संघ संस्थाको तवरबाट काम गर्नुपर्छ ।’

इतिहासलाई खोतल्दै जाने हो भने बाल अधिकारका लागि धेरै अघिदेखि संघर्ष गर्दै आएको उनको भनाइ छ ।

उनले बालबालिकाहरूले पनि अधिकार र कर्तव्यलाई सँगसँगै लैजानुपर्ने बताइन् । 





  • प्रकाशित मिति : भदौ २९, २०८० शुक्रबार १३:५२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया