logo-img

नेम्वाङको निधनले पार्टीका साथै राष्ट्रलाई ठूलो क्षति : महासचिव पोखरेल

यो समाचार अडियोमा सुन्नुहोस्

सुन्नुहोस्

नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले सुवासचन्द्र नेम्वाङको मृत्युले पार्टीको साथै राष्ट्रको लागि पनि ठूलो क्षति भएको बताएका छन् । आज ललितपुरस्थित पार्टी कार्यालयमा भएको सुवासचन्द्र नेम्वाङको शोकसभालाई सम्बोधन गर्दै उनले आजको नेम्वाङ मुलुकलाई अपरिहार्य व्यक्तिका रूपमा रहेको भन्दै उनको मृत्यु राष्ट्रिय राजनीतिका सन्दर्भमा ठूलो क्षति भएको बताए ।
 
उनले भने, ‘आजको राष्ट्रिय राजनीतिका सन्दर्भमा नेम्वाङ मुलुकलाई अपरिहार्य रहेको व्यक्तिका रूपमा रहनु भएको थियो, त्यो क्षति पार्टीको साथै राष्ट्रले पनि भोग्नु परेको छ । सांसदका हिसाबले पनि सुवासचन्द्र नेम्वाङ सबैभन्दा योग्य सांसदका रूपमा रहेका छन् । संसदीय मामिलाको सबैभन्दा बढी मर्म बुझेका व्यक्तिका रूपमा पनि उहाँलाई बुझिन्छ । नेताको साथै कानुनी सल्लाहकारको रूपमा पनि भूमिका निर्वाह गर्नु भएको थियो ।’ 

आज नेम्वाङप्रति श्रद्धाका साथ अभिव्यक्ति दिनेहरुले नेम्वाङले राष्ट्रिय हित र एकताका बारेमा व्यक्त गरेका विचारहरुको सम्मान गर्न सकेको भए सही अर्थमा सुवासचन्द्र नेम्वाङप्रतिको श्रद्धा र सम्मान हुने उनको भनाइ छ । उनले एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता भएको अवस्थामा पार्टीले ठूलो क्षति भोग्नु परेको बताए । 

उनले भने, ‘उहाँले नेपाली समाजलाई अनुशासित र मर्यादित समाजका रूपमा अगाडि बढाउन प्रेरित गर्ने व्यक्तिका रूपमा लिन सक्छौँ । अब नेपालमा धेरै राजनीतिक दल होइन, बलिया राजनीतिक दलहरूको आवश्यकता छ । एमालेलाई बलियो राजनीतिक शक्तिका रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता छ । यस्तो समयमा सुवासचन्द्र नेम्वाङको मृत्यु पार्टीका लागि ठूलो क्षति हो ।’ 

उनले कोशीको नामकरण विषय निकाल्दै नामकरणको अवस्थामा सबैको साथ र सहयोग भए पनि अहिले सबै तर्फबाट एमालेमाथि प्रहार भइरहेको टिप्पणी गरेका छन् । उनले भने, ‘कोशीको नामकरण गर्ने विषयमा प्रधानमन्त्री र नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा दुवैसँग छलफल गर्ने क्रममा साथ दिए पनि अहिले सबैले एमालेलाई नै प्रहार गर्ने काम गरिरहेको छ । कोशी नामकरण गर्ने समयमा सबै जना पक्षमा उभिएको थिए तर अहिले एमालेलाई मात्रै प्रहार भइरहेको छ ।’ 





  • प्रकाशित मिति : भदौ ३०, २०८० शनिबार १४:३४:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया